काठमाण्डौ । टिभिएस मोटर कम्पनीले टिभिएस रोनिन  ‘मोडर्न–रेट्रो’ ३ सार्वजनिक गरेको छ । 

विश्वव्यापी रूपमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनहरूको निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा ग्राहकहरूका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरेको छ ।

यसै अवसरमा आठ जना स्थानीय ब्लगर /ईन्फ्लुएन्सर/ सोसेल मेडिया कन्टेन्ट क्रिएटरहरूले टिभिएस रोनिनको प्रक्षेपण समारोहमा सवारी गरेका छन् ।

आठ दिने सो सवारी पोखरा, जोमसोम, लुम्बिनी, सौराहालगायत पहाड, हिमाल र तराईको विभिन्न भू–भागमा करिब १ हजार ३०० किलोमिटरको दुरी पार गरी काठमाण्डौमा समापन भएको छ ।

टिभिएस रोनिनले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रोसँग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा सञ्चालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्ने कम्पनीले बताएको छ ।

यसबारे कम्पनीका हेड बिजनेस विमल सुम्ब्लीले टिभिएस रोनिन ३अनस्क्रिप्टेड लाइफस्टाइल राइडरहरुका लागि डिजाइन गरिएको बताए ।

उनका अनुसार अन्तरराष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने प्रतिबद्धताका साथ, टिभिएस मोटरले विश्वभरका दुई र तीन पाङ्ग्रे सवारीका चालकहरूको विविध आवश्यकताहरू पूरा गर्न बेन्चमार्क सेट गरेको छ ।