काठमाण्डौ । कैलालीको टीकापुर घटनाका मुख्य दोषी मानिएका रेशमलाल चौधरीले प्रतिनिधिसभा सदस्यको मतगणनाको क्रममा निकटतम प्रतिस्पर्धी भन्दा ४ गुणा बढी मतको अग्रता लिएका छन् । 

कैलाली क्षेत्रनम्बर १ बाट राजपाको तर्फबाट उम्मेद्वार भएका चौधरीले ४ हजार ५ सय ६९ मत ल्याएका हुन् । उनलाई एमालेकी गरिमा शाहले १०९६ मतले पछ्याइरहेकी छिन् । कांग्रेसकी ईश्वरी न्यौपानेले ६५० मत ल्याएकी छन् ।