काठमाण्डौ । विश्वको अग्रणी एलिभेटर कम्पनीहरुमध्येका एक टीके एलिभेटरले रेकन समूहलाई नेपालमा बढ्दो लिफ्ट बजारलाई लक्षित गर्दै यहाँ बजार विस्तार गर्नका लागि आधिकारिक वितरक नियुक्त गरेको छ। रेकन समूहले टीके एलिभेटरका लिफ्ट, एस्केलेटर र मुभिङ वाकहरु विक्री गर्ने छ।
रेकन समूह एलिभेटर व्यापारमा नेपालमा गुणस्तरीय उत्पादनहरु बिक्री गर्ने तथा सेवा दिने एक बहुआयामिक कम्पनी हो। सन् २०२१ देखि यस कम्पनीले घरहरु बनाउने, प्रणालीगत आल्मुनियमका झ्यालहरु, छतहरुको निर्माण, बहुतले कार पार्क प्रणाली र सडक सुरक्षा उत्पादनहरुमा व्यापार विस्तार गर्दै लगेको छ।
यस साझेदारीको रणनीतिक महत्वको बारेमा बताउँदै टीके एलिभेटर भारतका सीईओ तथा एमडी मनिष मेहनले भने, ‘विश्वव्यापी रुपमा मोबिलिटी सलुसन प्रदायकका रुपमा टीके एलिभेटरले उत्कृष्ट उत्पादनहरु विश्वभरका ग्राहकहरुलाई उपलब्ध गराउने प्रयास गरिरहेको छ। यस क्षेत्रको व्यापारमा अग्रणी रहेको स्थानीय कम्पनी रेकन समूहसँगको साझेदारीले भविष्यमा ठूलो प्रतिफल दिनेछ भन्नेमा म विश्वस्त छु।’
‘कोभिडपछि आर्थिक गतिविधिले बिस्तारै गति लिन थालेको समयमा नेपालमा घर–जग्गाको व्यापारमा पनि वृद्धि देखिएको छ। यसका साथै बहुतले होटल तथा अपार्टमेन्टहरु उपत्यकाको क्षितिजमा देखिन थालेको छ। यस्तै बहुतले सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिसहरु पनि बढेका छन्। यसले नेपालमा लिफ्ट बजारको बृद्धिलाई अझ बढावा दिनेछ’, मेहनले भने।
यस साझेदारीका बारेमा रेकन समूहका निर्देशक विवेक बथवालले भने, ‘हामी लिफ्ट र एस्केलेटर को अग्रणी जर्मन ब्रान्ड टीके एलिभेटरको प्रतिनिधित्व गर्न पाउँदा खुसी छौं। यो कम्पनी प्राविधिक रुपमा नवीन, कुशल, र भरपर्दो उत्पादनहरुका लागि परिचित छ। तसर्थ यसका उत्पादनहरु नेपालको बढ्दो बजारका लागि उचित हुन्छ। नेपालमा प्रतिनिधित्व गर्न योभन्दा राम्रो एलिभेटर कम्पनी अरु हुन सक्दैन।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago