काठमाण्डौ । टीडीओ नेपालले ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ।

गत मंसिर २३  गते काठमाण्डौमा एक समारोह आयोजना गरी यस कन्टेस्टका विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो। टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगाप्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरे। 

उक्त अवसरमा सुदले भने, ‘टीडीओ नेपालको एमहेल्थजस्ता पहलहरुले हरेक दिन हाम्रो सेवाको प्रयोगकर्ताहरुमा वृद्धि ल्याइरहेको छ। टीडीओ नेपालको सबै स्वास्थ सम्बन्धित सेवाहरु ग्राहकहरुले आकर्षक मूल्यमा रोजेको भाषामार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नुहुन्छ। निरन्तर विस्तार भइरहेको यो सेवा स्वास्थ्य अनुगमनको महत्वका बारेमा चेतना फैलाउँदै आज नेपालभरि एनसेलको व्यापक कभरेजको मद्दतले धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ।’

कार्यक्रममा यस कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो। विजेताहरुको पूर्ण नामावली टीडीओ नेपालको वेबसाइटमा हेर्न सकिन्छ। महामारीका कारणले यो कार्यक्रमको आयोजना तीन महिनापछि सारिएको थियो। 

एनसेलसँगको सहकार्यमा टीडीओ नेपालले २४ जेठ २०७८ मा स्वास्थ्य तथा कल्याण शिक्षा र सचेतनाको लागि एक विशेष प्रतियोगिता शुरु गरेको थियो। यस पहलले उपभोक्तालाई महामारीको समयमा के गर्ने र नगर्ने बारे जानकारी मात्र नदिई घरमै बसेर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन पनि गरेको थियो। यस सेवाले महामारीमा नेपालभरका आफ्ना प्रयोगकर्तालाई २० हजारभन्दा बढी परामर्श सेवा प्रदान गरेको थियो। 

टीडीओ नेपाल एक डिजिटल स्वास्थ्य सेवा हो। जसले लाभदायी र उपयुक्त स्वास्थ्य, कल्याण र फिटनेस सामाग्री प्रदान गर्दै नेपालका डाक्टरहरुसँग असीमित परामर्श प्रदान गर्दछ। यो सेवा टीडीओ नेपालको वेबसाइटमा उपलब्ध छ। एनसेल प्रयोगकर्ताले पनि १७१६६ मा टीओडी लेखी एसएमएस पठाएर यो सेवाको उपयोग गर्न सक्नेछन्। 

टीडीओ नेपालको फेसबुकमा १ लाख फलोअर्स रहेका छन्। ग्राहकहरुले एनसेल र नेपाल टेलिकमको प्रिपेड र पोस्टपेड बिलिङ प्रयोग गरेर यस सेवाको भुक्तानी गर्न सक्नेछन्। 

यसैगरी यो सेवा खल्ती र ई–सेवा वालेटबाट पनि खरिद गर्न सकिन्छ।

रमेश कर्पको स्थापित आईटी कम्पनी टेलिनेट प्रालिसँगको सहकार्यमा टीडीओ नेपालले नेपालको बजारमा उपस्थिति जनाएको थियो। रमेश कर्प विभिन्न उद्योगहरुको छाता संगठन हो। जसले टेलिकम अपरेटर, एप्लिकेसन डेभलमपेन्ट, क्लाउड कम्प्युटिङ, एमहेल्थ र एसएमएस तथा टेलिभोटिङ प्लेटफर्महरुमा काम गर्दछ। रमेश कर्प उत्पादन, उपकरण, बैकिङ तथा बीमा, खनन, जलविद्युत, सूचना प्रविधि, अटोमोबाइल, र उपभोक्ता इलेक्ट्रोनिक्स जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको समूह हो।