काठमाण्डौ । लोकप्रिय टु–ह्विलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकका लागि अपाचे ओनर्स ग्रुुप (एओजी) नामक अपाचे धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरुको समूह बनाएको छ।
जेठ १४ शनिबारको दिन आफ्नो पहिलो राइड धादिङ गोर्खा बिच रिसोर्टसम्म ३५ सहभागी टीभीएसले पुर्याएको थियो। विभिन्न पेसाका सहभागीहरुले भाग लिएको एओजीमा सहभागीका लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जनाको चयन भएका थिए। नेपालका लोकप्रिय MotoVlogger MRB Vlogs (विविध जंग थापा) लगायत अरु विभिन्न Vloggers पनि सो राइडमा उपस्थित थिए। बागमती प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाकी राइडरहरुलाई टीभीएसले बागमती कै भविष्यमा हुने अरु संस्करणहरुमा उपस्थित गराउने जनाएको छ।
टीभीएसले आफ्नो ग्राहकका लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको हुन्थ्यो। टीभीएसले बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि एओजी राइडका लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ र नारायणी, कोशी, लुम्बिनी, महाकालीजस्ता नेपालको विभिन्न ठाउँहरुमा पनि एओजी राइड सञ्चालन गर्नेछ। एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यतिमात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरुको पनि भाग हुने मौका पाइनेछ। यो राइड अनुभवी मार्सलहरुको निगरानीमा भएको थियो। जसमा राइडरहरुलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस एओजी राइडमा सहभागी हुने सबै राइडरलाई टीभीएसले फ्री राइडिङ गियर्स उपलब्ध गरेको थियो। यसमा राइडरहरुका लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो र विजेताहरुलाई पुरस्कार तथा भएका साथै सबै टीभीएसले सहभागीहरुलाई उपहार र प्रमाणपत्र वितरण पनि वितरण गरेको थियो।
एओजीबारे जगदम्बा मोटर्सका प्रतिनिधि विक्रम शर्मा पौडेल ( डीजीएम मार्केटिङ) भन्छन्, ‘हामीले सोचेको पनि थिएनौँ अपाचे राइडरहरुको यति धेरै उत्साह हुन्छ भनेर र अहिले नै एओजीमा यति धेरै सहभागिता देखेर हामी निकै खुसी छौँ। हामी चाँडै नै एओजीबाट फेरि अर्को यात्रा सञ्चालन गर्नेछौँ। यस एओजी राइड गर्ने हाम्रो मुख्य उद्देश्य चाहिँ नेपालमा अपाचे राइडरहरुको समूहलाई बलियो बनाउँदै हाम्रो ग्राहकलाई अझै नजिक राख्ने प्रयास हो।’
गोर्खा बिच रेसोर्ट पुगेका सहभागी एकेन्द्र बज्राचार्य आफ्नो राइडको बारेमा भन्छन्, ‘मजस्तै अपाचे प्रेमी भेट्न पाउँदा र राइडमा सहभागी हुँदा खुसी नै बेग्लै छ र आशा छ अब आउने दिनमा पनि यस्तो कार्यक्रम भइराख्ने छन्। राइडमा साथीहरु पनि बनाएँ र रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाएँ।’
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टु–ह्विलर्सका लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टु–ह्विलर ब्रान्ड बनेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago