काठमाण्डौ । नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिनमात्र बाँकी रहेको छ।

नयाँ वर्ष २०८० को अवसरअन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु. ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा रु. ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा रु. ५ हजार मूल्यबराबरको हेल्मेट सित्तैमा दिइरहेको छ। त्यसका साथै ०% ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजारमूल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफरमार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ। 

सीमित अवधिका लागि लागू भएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब भने अन्त्य हुने भएको छ र यस अफरको फाइदा उठाउनका निम्ति प्रयोगकर्तासँग केबल ३ दिनमात्र बाँकी रहेको छ। 

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ। 

गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित भएको छ।