काठमाण्डौ । नेपालकै सर्वाधिक बिक्री हुने दुईपाङ्ग्रे सवारीसाधन बिक्रेता टीभीएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ। 

४० राइडरको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्ट सम्मको यात्रा गरेको थियो। युवाहरुको बाइकिङप्रतिको प्रेमलाई एकै छानो मुनि ल्याउनका साथै राइडरहरुबीचको भाइचारा बढाउन एओजी विगत १ वर्षदेखि लागि परेको छ। राइडसँगै सामाजिक कार्यहरुमा पनि सहयोग पुर्याउँदै आएको एओजीले यसपटक भने बैजनाथधाम ज्येष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण पनि गरेको हो। 

पछिल्लो ४ महिनामा एओजीले यस्ता ५४ वटा राइडहरु सम्पन्न गरिसकेको छ। जसले गर्दा एओजीमा आबद्ध हुन थप राइडरहरु आकर्षित भइरहेका छन्। 

बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रमको दौरान आफ्ना राय राख्दै टीभीएस का हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्स प्राÞÞ Þलि Þका रिजनल सेल्स अफिसर बिक्रम बोहराले उपस्थित सबैलाई भावुक बनाएका थिए। भावुक भएका सम्पूर्ण राइडर र वृद्धमा उत्साह भर्न एओजीका एक सहभागी सम्राट कार्कीले गीत गाएर र सुदूरपश्चिम का लोकप्रिय टिकटकर लोकेश पाल ठकुरीले नाच देखाएर सबैलाई मनोरञ्जन दिलाएका थिए। कार्यक्रमको अन्त्यमा भने सहभागीहरुले आगामी दिनमा वृद्धाश्रमलाई आ–आफ्नो क्षमताअनुसारको सहयोग गर्ने संकल्प गर्दै बिदा मागेर खर्क रिसोर्टतर्फ यात्रा गरेका थिए। खर्क रिसोर्ट पुगेर अन्य मनोरन्जनात्मक खेल र कार्यक्रमहरु गर्दै एओजी टिमले आफ्नो यात्रालाई समापन गरेको थियो।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ। गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारणनै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको दुईपांग्रे ब्रान्डका रुपमा स्थापित हुन पुगेको छ।