काठमाण्डौ । अपाचे ओनरस् ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड भारत पुगेको छ। 

गत बिहीबारबाट सुरु भएको मार्क्यु राइड भारत पुगेको हो। काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा मार्क्यु राइडको उद्घाटन गरिएको थियो। कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार अग्रवाल उपस्थित थिए। 

कार्यक्रममा रेग्मीले यो कार्यक्रमले नेपालका विभिन्न पर्यटकीय गन्तव्यलाई भारतमा प्रवर्द्धधन गर्ने र भारतीय राइडरहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेका थिए। ‘पर्यटन प्रवर्द्धनको यो अभिप्रायलाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले यो कार्यक्रमलाई सहयोग गर्नेछ’, उनले भने। 

परोपकार, प्रवर्द्धन, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरुमा सधैँ सक्रिय रुपमा संलग्न रहने ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्की राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्याएको छ। २१ दिने लामो मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी छन्। पहिलो दिन काठमाण्डौबाट रक्सौलहुँदै भारत प्रवेश गरेको यो यात्रा करिब ६ हजार ५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ। 

मोटोसोल भारतका बारे बोल्दै टीभीएस भारतका व्यापार प्रमुख विमल सुम्बलीले भने, ‘हामी विश्वभरिका लाखौँ मोटरसाईकल पारखीहरुलाई एउटै साझा प्लेटफर्ममा देख्दा निकै हर्षित छौँ। यो एउटा समुदाय मात्र होइन, लाखैं युवाहरुको प्रेरणाको श्रोतको जसले बाइकिङ, रेसिङ र यात्रा सुरक्षाकाकुराहरु द्वारा उनिहरु जोड्ने काम गर्छ।’

सुम्बलीले थपे, ‘म नेपालको सहभागिता देखेर खुशी छु। यो नेपाल र बंगलादेशको पहिलो अन्तर्राष्ट्रिय राइड हो र हामी मोटरसाइकलका परखीहरुलाई मोटोसोलमा स्वागत गर्न निकै उत्साहित छौँ।’ 

मानिस र मेसिनबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजना गरिएको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन्। कार्यक्रमका लागि ५०० भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका थिए।

काठमाण्डौबाट रक्सौलहुँदै यो राइड गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट फेरि रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ। राउरकेलामा नेपाल र बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्स विभिन्न रुट हुँदै गोवा जाने छन्। राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन्। 

यो राइडका क्रममा मार्च ३ र ४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ। जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरुमा र टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक र प्रविधिहरुको प्रदर्शनी गरिनेछ। 

अपाचे बाइकको १६० सिरिज, २०० सिरिज र आरआर ३१० श्रेणीका बाइकहरु सहभागी  रहेको यो कार्यक्रममा बाइकको गुणस्तर र कार्यसम्पादन परीक्षण हुने कम्पनीको दाबी छ।