काठमाण्डौ । हालै सम्पन्न टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ।
गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु। धेरै अवार्डहरु पाएको थियो, जस्तै– आईएमओटिवाइ—२०२२ र अटो कार।
टेकलेखले जारी गरेको विज्ञप्तिअनुसार रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो। विज्ञप्तिमा उल्लेख भएअनुसार रेडरको किफायती मूल्य, स्टाइल र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको छ।
टीभीएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेबल मोनोसक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायतका विशेषताहरु उपलब्ध रहेका छन्।
यसका साथै यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रन्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ।
एयर आयल कुल्ड एसआई कार्बेरेटर इन्जिनद्वारा शक्ति प्रदान गरिएको यस बाइकले ७ हजार ५०० आरपीएममा १२.९ पीएस शक्ति उत्पादन गर्ने र ६ हजार आरपीएममा ११.५ एनएम अधिकतम टर्क उत्पादन गर्ने क्षमता बोकेको छ।
अपाचेको कुरा गर्नुपर्दा, यस बाइकले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ। रिडिजाइन्ड डिएलआर, राइडिङ मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डीएनएजस्ता फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गर्यो।
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ।
गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको दुईपांग्रे ब्रान्डका रुपमा स्थापित छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago