काठमाण्डौ । नेपालकै सर्वाधिक रुचाइएको दुईपांग्रे सवारीसाधन कम्पनी टीभीएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरी ‘नयाँ सफर बिना कर’ अफर सार्वजनिक गरेको छ। 

यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को १ वर्षको सडक कर टीभीएस आफैँले तिर्नेछ। 

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देशभित्रका सबै ठाउँ लागू गरिसकेको छ। जसले गर्दा प्रयोगकर्ताहरु दुई वर्षको कर तिर्नुपर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन्। 

यसबाहेक टीभीएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ। जसअन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शून्य प्रतिशत ब्याजदरमा टीभीएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ। 

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १५० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादन, बिक्री पश्चातको उत्कृष्ट सेवा, देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता र उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित बन्न पुगेको छ।