काठमाण्डौ । टीभीएस रेडर सप्तरंग ३ अन्तर्गत नेपालगन्ज कार्यक्रम सम्पन्न भएकोे छ । 

पुस १ गते बिहीबार सम्पन्न कार्यक्रमअन्तर्गत टीभीएस शोरुम (ग्रेस एन्ड ग्लोबल) नेपालगन्जका प्रमुख विशाल श्रेष्ठले ‘टीभीएस रेडर’ को अनावरण गरे। 

त्यस अवसरमा सप्तरंग ३ का चर्चित कलाकारहरु प्रमोद खरेल, नरेश भट्टराई, निता प्रधानाङ्ग, अनिल सिंह, रामकृष्ण ढकाल, बद्री पंगेनी, मिलन नेवार, अस्मिता अधिकारी, निषा उप्रेती, विवेक खतिवडालगायतको उपस्थितिमा थियो । त्यस क्रममा कलाकारहरुले विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । 

‘टीभीएस रेडर’ शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले सार्वजनिक गरेको युवा लक्षित १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल हो । ‘युवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्पजस्ता फर्स्ट–इन–क्लास फिचर्सका साथै फर्स्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेज पनि उपलब्ध गरिएको छ ।