काठमाण्डौ । आफूभित्रको रेसिङ डीएनए प्रस्तुत गर्दै र रेसट्रयाकहरुमा आफ्नो प्रभुत्व जमाउँदैै विश्वव्यापी रुपमा दुई र तीनपांग्रे सवारीसाधनहरुको प्रतिष्ठित निर्माता टीभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टीभीएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ।
२४ घन्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रुपमा कम्पनीले एनएट्रयाक्स (एसियाकै सबैभन्दा लामो हाई स्पिड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित) इन्दौरमा ३६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो।
टीभीएस रेसिङद्वारा अदृतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टीभीएस आपाचे आरआर ३१० यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ। १७३ किलोमिटर प्रतिघन्टाको अधिकतम गति र १५२ किलोमिटर प्रतिघन्टाको औसत गतिका साथ टीभीएस आपाचे आरआर ३१० ले रेसट्रयाकमा आफ्नो प्रभुत्व प्रमाणित गर्दै आफ्नो विश्वसनीयता तथा सुदृढ गरेको हो।
कम्पनीको ‘ट्रयाक टु रोड’ दर्शनको प्रवर्द्धन गर्दै टीभीएस आपाचे सिरिजले भर्खरै ५० लाख विश्वव्यापी बिक्रीको महत्वपूर्ण कोशेढुंगा प्राप्त गर्न सफल भएको छ। यसले विश्वव्यापी ग्राहकहरुको विश्वास र बफादारी कमाउँदै सबैभन्दा तीव्रगतिमा वृद्धि हात पार्न सफल प्रिमियम मोटरसाइकलका रुपमा कम्पनीको प्रतिष्ठालाई नयाँ उचाइ प्रदान गरेको छ।
‘यो सफलता नवीनता र कार्यसम्पादनप्रति हाम्रो दृढ प्रतिबद्धताको प्रमाण हो। टीभीएस आपचे आरआर ३१०द्वारा ट्रयाकमा प्रस्तुत असाधारण कार्यसम्पादनले यसको अत्याधुनिक प्रविधि र अटल विश्वसनीयताको प्रमाण दिन्छ। यो हामी सबका लागि गर्वको क्षण हो’, प्राप्त उल्लेखनीय माइलस्टोनका बारेमा बोल्दै विमल सुम्ब्ली, हेड बिजनेस (प्रिमियम टीभीएस मोटर कम्पनी)ले भने, ‘यो कीर्तिमानी उपलब्धिले टीभीएस आपाचेलाई मोटरसाइकलको संसारमा एक सच्चा च्याम्पियनका रुपमा स्थापित गरिदिएको छ।’
२४ घन्टे स्पिड एन्ड्योरेन्स चुनौतीका प्रमुख विशेषता
जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। देशभर १४० भन्दा बढी डिलरको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकलाई सन्तुष्ट बनाउन सफल भएको छ।
गुणस्तरीय उत्पादन, नवीन टेक्नोलोजीको प्रयोग, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टीभीएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित हुन पुगेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19