काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘हर मोडमा उमंग’ नामको विशेष योजना सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। योजना भदौ २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ।  

यो योजनाअन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ। हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा रु. १० लाखसम्म जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ। 

यसका साथै कम्पनीले एक्चेन्जमा रु. १० हजारसम्म थप भ्यालुएसन तथा शून्य प्रतिशत इन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कुटर घर लैजान सकिने सुविधा पनि दिएको । त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधा पनि दिइने कम्पनीले बताएको छ।

विजेताहरुको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।