काठमाण्डौ । विश्व बजारमा टिभीको अलग ब्राण्ड बनाएको टीसीएलले नेपालमा क्यूलेड टिभी  ल्याएको छ । 

यो टेलिभिजन दुनियाँमा नयाँ विकास भएको पनि टीसीएलले बताएको छ । 

टेलिभिजन संसारमा एक नयाँ प्रविधि उदय भएको पनि उसले बताएको छ । यो टिभी बजारमा पाइने ओलेडको विपरित एलसीडी प्रविधिको आधारमा बनाइन्छ । क्यूलेड टिभीले पिक्सेल उज्यालो बनाउनको लागि एलईडी ब्याकलाइट र कुनै बेला बहुब्याकलाइट प्रयोग गर्छन् ।

उक्त प्रविधिले रङहरु सटिक र स्पष्ट रुपमा रेन्डर गरिएको सुनिश्चित गरी समग्र तस्विरको गुणस्तर बढाउँछ । यसबाहेक  क्यूलेड टिभीहरुमा एलईडी ब्याकलाइटिङले उच्च चमक स्तर प्रदान गर्दछ ।

क्यूलेड टिभीले जीवन्त रङ, उच्च चमक र असाधारण तस्बिर र गुणस्तरको आकर्षक संयोजन प्रदान गर्दै डिस्प्ले टेक्नोलोजीमा महत्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्ने पनि बताइएको छ ।

TCL का QLED टिभीका प्रभावशाली विशिष्टताहरू :

  • सुन्दर र विस्तृत पिक्चरका लागि 4K क्वान्टम डट प्रविधि
  • Dolby Vision IQ, Dolby Atmos, Onkyo Audio System,  र HDR 10+
  • भिडियो क्वालिटी अभ्क राम्रो गर्ने MEMC 120Hz रिफ्रेस रेट र VRR 144Hz
  • Google TV इनटिग्रेसन
  • गेमिङ उत्साहीहरूका लागि Google Stadia सँग कमप्याटीबल
  • भिडियो च्याट र बहु-दृश्य कार्यक्षमताको लागि एक वैकल्पिक क्यामेरा
  • उत्कृस्ट डिजाईन