काठमाण्डौ । नेपालमा नै पहिलोपटक टुरिष्ट यातायात व्यवसायीहरुले अनलाइन सिस्टमबाट पर्यटक सार्वजनिक यातायात सेवाको टिकट उपलब्ध गराउने भएका छन्।
टुरिष्ट बस एसोसिएसन अफ नेपाल(टिबान)ले आफ्ना सम्पूर्ण बसको टिकट अनलाइनमार्फत बिक्री गर्ने उद्देश्यका साथ इलेक्ट्रोनिक्स कन्सर्न एन्ड रिसर्च सेन्टर (ईसीआरसी) प्रालिसँग सम्झौता गरेको छ। टिबानले ईसीआरसीसँगको सम्झौतापछि आफ्ना नेपालभर सञ्चालन हुने टुरिष्ट बसहरुको टिकट अनलाइनमार्फत नै बुकिङ गरी बिक्री गर्न सक्नेछ। एक कार्यक्रमबीच टिबानका अध्यक्ष ईश्वरप्रसाद उपाध्याय तथा ईसीआरसीका अध्यक्ष संजीत पौडेलले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि टिबानमा आबद्ध कम्पनीका पर्यटन सार्वजनिक यातायातका रुपमा सञ्चालनमा रहेका सवारीसाधनको टिकट अनलाइन तथा एपबाटै बुकिङ गर्न सकिनेछ।
पछिल्लो दिनमा कोभिड १९ को महामारीले गर्दा नेपालको पर्यटन सेवा संकटग्रस्त भएको सन्दर्भमा यात्रुहरुलाई सुरक्षित र सहजरुपमा पर्यटन सार्वजनिक यातायातका साधनहरु उपलब्ध गराउने उद्देश्यका साथ यो सम्झौता भएको हो। ‘हाम्रो एसोसिएसनअन्तरगत सञ्चालनमा रहेका सम्पूर्ण पर्यटन सार्वजनिक यातायातका साधनहरु सरकारी मापदण्डअनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै सञ्चालन गरिरहेका छौं र सम्झौतापछि अनलाइनबाटै टुरिष्ट बसको टिकट उपलब्ध गराउनेछौँ’, टिबानका अध्यक्ष उपाध्यायले भने।
‘हरेक सेवाहरु अनलाइनमा आधारित भइरहेको बेला अब टुरिष्ट बसको सेवा पनि डिजिटलमा गएको छ, सम्झौतापछि यात्रुहरुलाई सहजरुपमा भरपर्दो सेवा सूपथ मूल्यमा डिजिटल प्रविधिमार्फत उपलब्ध गराउन सकिनेछ’, ईसीआरसीका अध्यक्ष सञ्जीत पौडेलले भने।
एसोसिएसनले यात्रु तथा पर्यटकहरुलाई आवश्यकताअनुसार विभिन्न स्थानहरुमा जानका लागि पर्यटन सार्वजनिक यातायात सेवा उपलब्ध गराउँदै आएको छ। सम्झौताअनुसार दसैँका लागि टिबानका पर्यटक सार्वजनिक यातायातका साधनहरुको अग्रिम बुकिङ अनलाइन सिस्टममार्फत शुरु गरिनेछ।
सुरुआती चरणमा पर्यटक सार्वजनिक यातायातको सेवा काठमाडौंदेखि पोखरा, नारायणघाट, लुम्बिनी, जनकपुरमा उपलब्ध हुनेछ भने क्रमशः अन्य सहरहरुमा पनि सेवा बिस्तार गरिने बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago