 
                     
                                
                             
                                    काठमाण्डौ । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने उद्देश्यका गरिमा विकास बैंकले पुनः एकपटक बृहत वृक्षरोपण कार्यक्रमको सफल आयोजना गरेको छ।
आज असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका–२ मा अवस्थित टोखा चण्डेश्वरी अस्पतालपरिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिब २०० विभिन्न प्रजातिका फलफूलका बिरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो।
कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जनको पनि उपस्थिति थियो।
यसका साथै उक्त कार्यक्रमको स्वागत मन्तव्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले राखेका थिए। कार्यक्रम सञ्चालन सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले गरेका थिए। जसमा बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयको बाक्लो उपस्थिति थियो।
बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19