काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लि.ले १६ औं वर्ष सफलतापूर्वक पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै प्रोफेसर एवं डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था ‘काठमाण्डौ इन्स्च्यिुट अफ चाइल्ड हेल्थ’संग एक औपचारिक कार्यक्रमबीच सम्झौता गरेको छ।
बैंकका तर्फबाट अध्यक्ष भरतराज ढकाल र संस्थाका तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्। यो सम्झौताबमोजिम झापा जिल्लाको दमकस्थित निर्माणाधीन बालअस्पताल निर्माणका लागि बैंकले रु. ५ लाख सहयोग गर्नेछ।
बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्योपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए।
यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।
त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago