काठमाण्डौ। अहिलेको बिषम् परिस्थितिमा महामारीबाट बच्नका लागि उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थानको उचित सरसफाइ गर्नु तथा यसलाई किटाणुरहित बनाउनु नै हो। यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपालले ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ।
यो भुइँ सफा गर्नका लागि एक उत्कृष्ट र प्रभावशाली फ्लोर क्लिनर रहेको कम्पनीले दाबी गरेको छ। वैज्ञानिक परीक्षणअनुसार यसले भुइँमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुइँलाई चम्किलो र वास्नादार बनाउने कम्पनीले जनाएको छ।
ड्याजल डिसइन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मि.लि. रु. १४० र १ लिटरको जार रु. २६५ को आकर्षक मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
अहिलेको महामारीलाई ध्यानमा राख्दै उपभोक्ताको मागअनुसार ओडोनिलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ। यसले हावालाई किटाणुरहित बनाउनुुका साथै वास्नादार पनि बनाउने कम्पनीको दाबी छ। १५३ मि.लि.को एयर स्यानिटाइजर रु. २३८ मा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसलाई सबै प्रकारका घर, अफिस तथा गोदामहरुमा प्रयोग गर्न सकिने बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago