काठमाण्डौ। डाबर नेपालले डाबर वाटिका नेचुरल्स श्याम्पुको नयाँ रेन्ज हायाट प्लेस्, काठमाण्डौमा एक कार्यक्रमबीच सार्वजनिक गरेको छ।
यो ब्रान्डको अनावरण डाबर वाटिका नेचुरल्स श्याम्पुको सेलिब्रिटी ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काका साथै डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा गरिएको थियो।
डाबर नेपालले नेपाली श्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्तालाई उच्च गुणस्तरीय वाटिका श्याम्पू उपलब्ध गराएको छ। डाबर वाटिका नेचुरल्स श्याम्पु तीनवटा भेरियन्टमा पाइन्छ – ब्ल्याक शाइन श्याम्पु कालो र चम्किलो कपालका लागि, थिक एन्ड लङ श्याम्पु बाक्लो र लामो कपालको लागि र एन्टी डेन्ड्रफ श्याम्पु चाँयामुक्त कपालको लागि बनाइएको छ।
हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण छन् जसले कपालको विशेष समस्याहरुको समाधान गर्छ र कपाललाई नरम बनाउनुका साथै क्लिङसिङ र कन्डिसियनिङ दिन्छ।
डाबर वाटिका नेचुरल्स श्याम्पु १७० एमएल, ३३० एमएल र ६५० एमएलका बोतल आर्कषक मूल्यमा बजारमा उपलब्ध छ भने ७ एमएल र ३.५ एमएलको स्यासेमा पनि उपलब्ध छ। ३३० एमएलको बोतलमा पम्पको सुविधा पनि रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago