काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. रामशरण महत, कांग्रेसका चर्चित नेता बलबहादुर केसी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणा डेञ्जर जोनमा परेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनीहरु तीनै जना पछाडि परेका हुन् ।
प्राप्त जानकारी अनुसार पूर्वअर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता रामशरण महत नुवाकोट–१ मा ४ सय ५३ मतले पछाडि परेका छन्।
उनलाई वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हितबहादुर तामाङले पछि पारेका हुन्।
पछिल्लो मत परिणाममा तामाङले ३ हजार ३ हजार ३ सय ३६ मत पाएका छन् भने महतले २ हजार ८ सय ८३ मत पाएका छन्।
उता, सोलुखुम्बुको पछिल्लो मत परिणाम अनुसार माओवादी उम्मेदवार हेमबहादुर राईले मतान्तर फराकिलो पारेका छन्। पछिल्लो मतपरिणाममा प्रतिनिधि सभा माओवादी केन्द्रका राईले ५७५५ मत पाएका छन् भने कांग्रेसका बलबहादुर केसीले ३९५५ मत ल्याएका छन्। केसी २०७०मा सोलुखुम्बुबाट निर्वाचित भएका थिए ।
यसैगरी, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पनि डेञ्जर जोनमा परेका छन् । उनी सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन् । पछिल्लो मतपरिणाम अनुसार उनी ७ सय ६ मतले पछाडि परेका छन्।
सुरूआती अग्रता लिएका राणालाई नेकपा एमालेका शेरबहादुर तामाङले पछाडि पारेका हुन्। एमालेका तामाङले ७ हजार २ सय ३९ मत ल्याएका छन् भने राणाले ६ हजार ५ सय ३३ मत पाएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19