काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल लिड डिस्प्ले बोर्ड जडान गरी सन्देश प्रवाह गर्न सुरु गरेको छ।

बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नवीनतम सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रर्वद्र्धन गर्ने उद्देश्यले २३६ वर्गफिटको डिजिटल लिड डिस्प्ले बोर्ड बैंकको केन्द्रीय कार्यालय रहेको भवनमा जडान गरिएको हो। उक्त डिस्प्ले बोर्डले बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत बैंकको विभिन्न प्रडक्ट, वित्तीय साक्षरता तथा सामाजिक उत्तरदायित्वसम्बन्धी जनचेतनामूलक सन्देशसम्बन्धी जानकारी हुने विश्वास बैंकले लिएको छ। यस किसिमको प्रविधिको जडानले डिजिटल बैंकिङलाई थप टेवा पुग्ने आशा गरिएको छ। 

काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा यस किसिमको डिजिटल लिड डिस्प्ले जडान गर्ने कार्यको सुरुआत गरी सर्वसाधारणलाई बैंकको विभिन्न प्रोडक्ट, सूचना, वित्तीय जनचेतनासम्बन्धी जानकारी तथा अन्य जानकारीहरु दिन थालिएको बैंकले जनाएको छ। 

बैंकले हाल ९५ वटा शाखा कार्यालय तथा ३१ स्थानमा एटीएममार्फत ३ लाख हाराहारीका ग्राहकलाई स्तरीय बैंकिङ सेवा दिंदै आइरहेको छ। सोही क्रममा हालको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ग्राहकको बैंकिङ सेवालाई अझ प्रभावकारी तथा निरन्तरता प्रदान गर्न विगतमा झँै बैंकले डिजिटल बैंकिङको स्तरोन्नति गर्दै अब्बल सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ।