काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रर्वद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलपे सेलकमद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। जसले मोबाइल तथा वेबका माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ। सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ।
ग्राहकले सेलपेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट सन्राइज बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन्। ग्राहकले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन्। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बीमा रकम भुक्तानी, ईएमई भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ।
सन् २०६४ मा स्थापना भएको सनराइज बैंकले १३९ शाखाहरु, १२ एक्सटेन्सन काउन्टर, ७४ शाखारहित बैंकिङ सेवा र १६० एटीएममार्फत ग्राहकलाई सेवा पुर्याउँदै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago