काठमाण्डौ । विगत २ वर्ष कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रलाई निकै ठूलो असर गर्यो। कोरोना संक्रमण रोक्नका लागि नेपालमा पनि लामै समय लकडाउन गरियो। देशमा पूर्ण लकडाउन हुँदा सर्वसाधारणहरु वित्तीय कारोबारका लागि कति अहसज भयो होला ? सडकमा बाहिर निस्कन सक्ने अवस्था थिएन। बैंकका शाखा कार्यालयहरु पनि सिमितमात्रै खुलेका थिए। यस्तो अवस्थामा बैंकिङ कारोबारका लागि सर्वसाधारणहरुलाई पक्कै पनि सास्ती भयो। तर, सबै सर्वसाधारणहरुले वित्तीय कारोबारका लागि लकडाउनका कारण सास्ती खेप्नु परेन।

सर्वसाधारणहरुले घरमै बसेर डिजिटल कारोबार गरे। पैसा पठाउने, सामान खरिदको भुक्तानी गर्ने जस्ता कामहरु डिजिटल माध्यमबाट सहजै भए। बैंकहरुले दिएको डिजिटल सुविधाका कारण सर्वसाधारणले सहजै वित्तीय कारोबार गर्ने अवसर पाए। 

डिजिटल सुविधा दिने बैंकहरुमध्येमा अग्रपंक्तिमा आउने नाम हो, एनआईसी एशिया बैंक। एनआईसी एशिया बैंकले डिजिटल कारोबारमा फड्को नै मारेको छ। 

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारमा पछिल्ल केही वर्षदेखि विशेष प्राथमिकतामा राखेको छ। लागत खर्च कम हुने र समयको बचत पनि हुने भएका कारण केन्द्रीय बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ। 

राष्ट्र बैंकको नीति कार्यान्वयनमा जोडबल हुने गरी एनआईसी एशिया बैंकले डिजिटल कारोबारमा निकै अगाडि बढेको छ। समयअनुरुप ग्राहकमैत्री योजना ल्याउदै गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले विभिन्न आकर्षक सुविधाहरु दिएर सर्वसाधारणलाई डिजिटल कारोबारमा प्रोत्साहन गरिरहेको छ। 

एनआईसी एशिया बैंकले असहज परिस्थितिलाई सहज बनाउका लागि यसअघि डिजिटल कारोबारमा विशेष छुट, गत दसैँमा डिजिटल दक्षिणादेखि डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधासमेत दिएको थियो। बैंकसम्म पुग्नै पर्ने बाध्यतालाई हटाउनका लागि बैंकले यस्तो कार्यहरु निरन्तर गरिरहेको छ।  

विभिन्न कम्पनीहरुले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ) मा आवेदन दिनेजस्ता महत्वपूर्ण सुविधा बैंकको मोबाइल बैंकिङ (एनआईसी एशिया मोबैंक) एपबाट लिन सकिन्छ। पछिल्लो समय धेरै व्यक्तिहरु सेयर बजारमा प्रवेश गरिरहेको अवस्थामा यस बैंकले प्रदान गर्ने यस्तो सुविधा एनआईसी एसियाको मोबैंक एपबाट नै पाउनु सेवाग्राहीका लागि थप सुविधा हो। प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा एपमा रहेको ‘कस्टुमर केयर’बाट ग्राहकले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्नसक्ने सुविधासमेत प्रदान गरेको छ। 

नेपालका अन्य बैंकहरुका एपबाट ग्राहकले खातामा रहेको मौज्दाको जानकारी एवं खाता विवरण सामान्य रुपमा प्राप्त गर्दछन्। तर, एनआईसी एशिया मो–बैंकका प्रयोगकर्ताले भने उपर्युक्त जानकारीका अलावा एपबाटै आन्तरिक रेमिट्यान्स पठाउने तथा बुझने नवीन सुविधा प्राप्त गर्दछन्। यसका साथै एपबाट नै मुद्दति निक्षेप खाता खोल्ने सुविधा प्रदान गरिएको छ। जसबाट ग्राहकले चाहेको बेला गरेको छ। यस्तो सेवा एनआईसी एशिया बैंकले नयाँ सुरुआत गरेको हो। 

के–के छन् डिजिटल सुविधा ? 

केही बैंकहरुले नाममात्रैको डिजिटल सुविधा दिएका छन्। जसकारण सामान्य कामका लागि पनि बैंकका ग्राहकले बैंकसम्मै पुग्नुपर्ने बाध्यता छ। तर, एनआईसी एसिशयाले ग्राहकका लागि डिजिटल कारोबारमा यति धेरै सुविधा दिएको छ कि धेरै कामका लागि तपाइँले बैंक पुग्नैपर्ने बाध्यता छैन। 

डिजिटल पहिलो प्राथमिकता भन्ने बैंकले रणानीति नै अघि सारेको छ। डिजिटल पहिलो प्राथमिकता रणनीति अंगीकार गरी एनआईसी एशिया बैंकले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने बताएको छ। 

एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि बैंकिङ सेवाहरु उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई एनआईसी एशिया मोबैंक (NIC ASIA MoBank) प्लाटफर्ममार्फत अघि बढाइरहेको छ। 

एनआईसी एशिया मोबैंक प्रयोग गरी ग्राहकले आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दति निक्षेप खोल्न, बैंकका शाखा तथा एटीएमको स्थान, एनटीसी/एनसेल टपअप, युटिलिटी बिल भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधा सहज रुपले लिन सक्नुहुनेछ। 

बैंकको मोबाइल बैंकिङ सेवा नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट, ग्राहक सम्बन्धी सेवाहरु जस्तै ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन, टेलर सेवाहरु (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरु (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन लगायतका सुविधाहरु आइसर्भ प्लेटफर्ममार्फत बैंकले अनलाइन दिदै आएको छ। 

एनआईसी एशिया बैंकमा आकर्षण 

दसैँमा पैसाको डिजिटल कारोबार बढाउने विषय हरेक वर्षजसो उठ्ने गर्छ। गत दसैँमा डिजिटल दक्षिणको बहस राम्रै चल्यो। तर, सामान खरिददेखि दक्षिणा दिँदासम्म दसैँको समयमा नोटकै प्रयोग बढी हुने गर्छ। नोटको सुरक्षाका लागि पनि दसैँमा डिजिटल दक्षिणा दिनुपर्छ भन्ने बहस विगतका वर्षहरुमा हुँदै आए पनि सुरुआत भने भएको थिएन। 

कोरोनाभाइरस (कोभिड–१९) का कारण यस वर्ष भने यो वहस कार्यान्वयनको चरणमा पुग्यो। एनआईसी एशिया बैंकले पनि गत दसैँमा डिजिटल दसैँको फ्रेमवर्क बनाएको थियो। एनआईसी एशिया बैंकले मोबाइल बैंकिङमार्फत दसैँमा दक्षिणा प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने योजना ल्याएको थियो। यस्ता धेरै डिजिटल सुविधाहरु बैंकले प्रदान गरेको छ। जसकारण बैंक शाखासम्म पुग्नै पर्ने बाध्यता हटेको छ। 

अहिले पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको त्रास फैलिएको छ। सरकारले यो संक्रमणलाई रोक्न प्रतिबन्धात्मक व्यवस्थाहरु गर्दैछ। यस्तो बेलामा एआईशी एशिया बैंकले ल्याएको डिजिटल प्रोडक्टहरु प्रयोग गरेर घरबाटै बैंकिङ कारोबार गर्न सहज भएको छ। 

एनआईसी एशिया बैंकमा ग्राहकको आकर्षण यति धेरै आकर्षण बढेको छ कि पछिल्लो मोबाइल एप्लिकेसन धेरै डाउनलोड हुनेमा पनि एनआईसी एशिया बैंक नै नम्बर वान बन्न सफल भएको छ। एनआईसी एशिया बैंकमा खाता पनि अनलाइनबाटै खोल्न सकिन्छ। 

हालसम्म एनआईसी एशिया बैंकको १२ लाखभन्दा धेरै मोवाइल एप डाउनलाड भइसकेको छ। एनआईसी एशिया बैंकको सक्रिय युजर पनि ५ लाख ४४ हजार २ सय ६५ पुगिसकेको छ। खाता खोल्नका लागि बैंकसम्म नै पुग्नुपर्ने बाध्यता नरहेकाले धेरैले अनलाइनबाटै खाता खोलेका छन्। हालसम्म अनलाइनबाट खोलिएको खाताको संख्या एनआईसी एशियामा ३६ हजार १ सय ४६ पुगेको छ। 

बैंकिङ क्षेत्रमा दमदार उपस्थिति 

एनआईसी एशिया बैंकको हरेक हिसाबले बैंकिङ क्षेत्रमा दमदा उपस्थिति रहेको छ। डिजिटल कारोबारमा त अझ एनआईसी एशिया बैंक धेरै अगाडि छ। एनआईसी एशिया बैंक डिजिटल कारोबारमा अन्य बैंकहरुको तुलनामा धेरै अगाडि छ भन्ने तथ्यांकले समेत पुष्टि गर्छ। 

अहिले देशमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको गरेर ९३ लाख ६९ हजार ६ सय ७८ डेबिट कार्डहरु रहेका छन् यसमा २७ वाणिज्य बैंकहरुको ८९ लाख ५० हजार ६ सय ३२ वटा रहेका छन्। यसमा १० लाख ५७ हजार १०६ डेबिट कार्ड एनआईसी एशिया बैंकको मात्रै छन्। अर्थात् बैंकिङ क्षेत्रमा डेबिट कार्डको ११ प्रतिशत भन्दा धेरै हिस्सा एनआईसी एशिया बैंकले ओगटेको छ। 

क्रेडिट कार्ड, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतमा पनि एनआईसी एशिया बैंक अगाडि छ। अहिले सबै बैंकहरुको जोड्दा क्रेडिट कार्डको संख्या २ लाख ७ हजार ६ सय १९ रहेको छ। यसमा एनआईसी एशिया बैंकको मात्रै ११ हजार ६ सय ४८ क्रेडिट कार्ड रहेको छ। यो भनेको ५.६ प्रतितश हिस्सा हो। 

यसैगरी सबै बैंकहरुको मोबाइल बैंकिङका ग्राहकको संख्या १ करोड ५४ लाख ३० हजार ३७९ पुगेको छ। एनआईसी एशिया बैंकको मात्रै १५ लाख ५५ हजार ४ सय ३० जना मोबाइल बैंकिङका ग्राहक छन्। यो भनेको १०.१० प्रतिशत हो। इन्टरनेट बैंकिङमा एनआईसी एशिया बैंकले इन्डस्ट्रीको १४.२१ प्रतिशत ओगटेको छ। कुल मोवाइल बैंकिङका ग्राहकको संख्या १२ लाख ६३ हजार ८ सय ८३ रहेकमा एनआईसी एशिया बैंकका मात्रै १ लाख ७९ हजार ४ सय ७४ जना रहेका छन्। 

एनआईसी एशिया बैंक सधैँ अगाडि 

डिजिटल सेवा प्रवाहमा एनआईसी एशिया बैंक सधैँ अग्रपंक्तिमा छ। राष्ट्र बैंकले सम्पूर्ण कारोबारलाई डिजिटाइज बनाउँदै लगेको छ। क्यूआर पमेन्टलाई देशभर विस्तार गर्ने राष्ट्र बैंकको योजना छ। ठूला डिपार्टमेन्ट स्टोरहरुमा मात्रै नभएर सामान्य चिया पसलदेखि तरकारी पसलहरुमा समेत क्यूआर पेम्नट सुरु गरिएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफैले यसको उद्घाटन गरेका छन्। क्यूआर बेस पेमन्ट एनआईसी एशिया बैंकको पनि प्राथमिकतामा छ। एनआईशी एशिया बैंकका धेरै ग्राहक क्यूआर पेमेन्टमा जोडिएका छन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ असोजसम्म क्यूआर पेमेन्ट कारोबार गर्नेहरु १५ लाख १५ हजार ३२९ थिए। कात्तिकमा यो थोरै घटेर १३ लाख ८७ हजार ५ सय ८४ मा झरेको छ। यसमा एनआईसी एशिया बैंकको हिस्सा राम्रै छ। असोज मसान्तसम्म एनआईशी एशिया बैंकको क्यूआर प्रयोगकर्ता १ लाख ६७ हजार ३३९ थिए। यो कुल क्यूआर प्रयोगकर्ता मध्येको ११ प्रतिशत हो। यसर्थ एनआईसी एशियाले मात्रै इन्डस्ट्रीको ११ प्रतिशत क्यूआर हिस्सा ओगटेको छ। 

प्वाइन्ट अफ सेल (पस) र प्रिपेड कार्डमा अन्य बैंकहरुको तुलनामा एनआईसी एशिया बैंक धेरै अगाडि छ। गत असोज महिनासम्मको तथ्यांक हेर्ने हो भने ‘पस’ मा २७ प्रतिशत हिस्सा एनआईसी एशिया बैंक एक्लैले ओगटेको छ भने प्रिपेड कार्डको करिब २२ प्रतिशत हिस्सा ओगटेको छ। यस अवधिमा कु प्रिपेड कार्ड प्रयोगकर्ताहरु १ लाख ९६ हजार ४ सय १५ जना रहेका छन्। जसमा एनआईसी एशिया बैंककोमात्रै ६ हजार ५ सय ६ रहेको छ। उता पस मेसिनमा पनि कुल इन्डष्ट्रीको १० लाख ६३ हजार २० मध्ये एनआईसी एशिया बैंकको मात्रै २ लाख ८७ हजार ३ सय ४१ रहेको छ। ई–कमर्समा पनि बैंकको निकै बलियो उपस्थिति रहेको छ। 

असोज महिनासम्मकै तथ्यांकलाई आधार मान्ने हो भने ई–कमर्स बजारको १४.३ प्रतिशत हिस्सा एनआईसी एशिया बैंकको छ। कुल ७६ हजार ३ सय ५७ ई–कमर्स मध्ये १० हजार ९ सय २२ एनआईसी एशियाका रहेका छन्। यसरी हेर्दा एनआई एशिया एशिया बैंकले प्रविधिमा धेरै ठूलो फड्को मारेको छ। डिजिटल कारोबारमा एनआईसी एशिया धेरै अघि बढिसकेको यसले पुष्टि गर्छ।