काठमाण्डौ। नेपाल पेमेन्ट सोलुसनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यका लागि सम्झौता गरेको छ। 

नेपाल पेमेन्ट सोलुसनका तर्फबाट सीएक्सओ प्रताप श्रेष्ठ र बिजनेस डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ तथा गरिमा विकास बैंकका तर्फबाट सीईओ गोविन्दप्रसाद ढकाल र आईटी प्रमुख कमलप्रसाद अर्यालले आआफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसनले गरिमा विकास बैंकसँग डिजिटल इकोसिस्टम विस्तार गरेसँगै अब गरिमा विकास बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसनको फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्। नेपाल पेमेन्ट सोलुसनले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरुमार्फत उपलब्ध गराएको छ। 

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रिगेटर हो। जसले विशेषगरी बैंक तथा वित्तीय संस्था, पीएसपीहरु रेमिट्यान्स कम्पनीहरु र व्यावसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ। नेपाल पेमेन्ट सोलुसनले अधिकांश क, ख र ग वर्गका बैंक तथा अन्य वित्तीय संस्थाहरुसँग सहकार्य गरी काम गरिरहेको छ।