काठमाण्डौ। नेपाल सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले सरकारले यसलाई बढावा दिँदै आएको पनि बताए।
ब्रान्डवर्थ प्रालिले काठमाण्डौमा शुक्रबारदेखि आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने बताए। यसका साथै यस कार्यक्रमले डिजिटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनको भनाइ थियो। ‘मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छ। यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ’, उनले भने, ‘यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँभरी कायम गर्नुपर्छ।’
कार्कीले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए। यसका साथै यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए।
यस्तै सूचना प्रविधिको विकास विनामुलुकको विकाससमेत असम्भव रहेको उल्लेख गर्दै कार्कीले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए। दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
सूचना प्रविधिको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो। यसका साथै यसलाई अझ सस्तो र गुणस्तरीय बनाउन पनि सरकार सकरात्मक रहेको उनको भनाइ थियो।
कार्कीले सूचना प्रविधिको प्रयोग बढाउने विषयलाई सरकारको उच्च प्राथमिकता राखिएको पनि बताएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago