काठमाण्डौ । सेयरप्रो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६५)ले डि–म्याट खाता र मेरो सेयर सदस्यता लिने ३६५ जनालाई सतप्रतिशत छुट दिने भएको छ। 

सेयरप्रो सेक्युरिटिज गते जेठ ९ गते धितोपत्र बोर्डबाट ब्रोकर अनुमतिपत्र प्राप्त गरेको थयो। यो ब्रोकरले गत असार २८ गते धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ। 

आफ्ना नयाँ ग्राहकलाई लक्षित गरेर यो आकर्षक छुट अफर कम्पनीले ल्याएको हो। ग्राहकलाई लक्षित गरी कम्पनीले आज मंगलबारबाट लागू हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकलाई डिम्याट खाता तथा मेरो सेयर सदस्यतामा सतप्रतिशत छुटको योजना सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो सेयर सदस्यता लिई कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ। 

धितोपत्र बजारमा रुचि राख्ने जोकोही व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ।