काठमाण्डौ । १ वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन्। यसका साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले रु. १ लाख जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

यसै योजनाअन्तर्गत गरिएको लक्कीड्रमा CAS ID 2564033775 भएका ग्राहकले रु. १ लाख जित्न सफल भएका छन्। डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ वर्षको रिचार्ज गर्नुपर्नेछ। 

यस लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।