काठमाण्डौ। यसपालिको चाडपर्वमा रिचार्ज कार्ड तथा विभिन्न डिजिटल माध्यममार्फत डिशहोम रिचार्ज गर्दा ग्राहकले आकर्षक बोनस पाउने भएका छन्। 

यस योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिन्छन्। यो योजनासँगै ग्राहकहरुले अब मासिक ८९९ रुपैयाँमा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल व्यान्ड राउटरको साथमा लिन सक्नेछन्। 

यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउनेछन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्। 

स्पेन जाने चार भाग्यशाली विजेताको छनौट लक्की ड्रमार्फत गरिने डिशहोमले जनाएको छ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रामाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ।