काठमाण्डौ। इन्टरनेट सेवालाई द्रुतगतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आईपी टीभीको सेवा शुभारम्भ गरेको छ। 

डिशहोम आई टीभीको सुरुआतसँगै कम्पनीले ग्राहकले डीटीएचलाई जस्तै साथ र मायाका साथै अन्य सेवा प्रदायकभन्दा गुणस्तरीय र उत्कृष्ट सेवा पाउनेमा दाबी गरेको छ। नेपालको एकमात्र म्त्ज् सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टीभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ। २०६७ सालमा होमटीभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवा लाई सञ्चालनमा ल्याएको थियो।

नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको जनाएको छ। 

पे टीभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तारसँगै अन्य सेवा प्रदायकभन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केबल टीभी, इन्टरनेट, टेरेस्ट्रियल (टी२) टीभी र आईपी टीभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ। ग्राहकको मन जित्न सफल इन्टरनेट सेवा डिशहोम फाइबरनेट, सबैभन्दा बढी सन्तुष्ट ग्राहक र ठूलो नेटवर्क रहेको केबल टिभी नेटवर्क सिम टीभी र ताररहित टेरेस्ट्रियल टीभीमार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ। 

यो क्ष्ए टीभीमा सर्टस टीभी, रमाइलो टीभी, गुञ्जन, सिने हिट्स, जुनियर टीभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजजस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरुलगायत २०० भन्दा बढी टीभी च्यानल, ५ हजार घन्टाभन्दा बढी विभिन्न कन्टेन, भिडियो अन डिमान्ड, क्याचअप टीभी÷स्टार्टओभर टीभी, युट्युब, टिकटकलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध छन्। 

आईपी टीभी सेट टपका निम्न स्पेसिफिकेसन छन्– 

​● Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU 

● RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port 
● Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n 
● 2.0 USB Slots * 2 
● Power Input: 12V/1 Amp
● Quick App Launch Buttons on the Remote 
● Video Decoding: 4K * 2K @ 60fps H.265 
● Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC