काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिसएबल्ड स्ट्युडेन्ट एसोसिएसनलाई सांगीतिक उपकरण र खेलकुद सामग्री उपलब्ध गराएको छ। 

शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रुपमा अप्ठेरोमा परेकाहरुलाई मद्दत गर्दै आएको छ। कार्यक्रमबारे बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘हामी सधैँ हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौं। व्यापारको साथसाथै समुदायप्रतिको हाम्रो दायित्वका बारेमा हामी सचेत छौँ। चाडपर्वहरु नजिकिँदै गर्दा दुःखमा परेकाहरुलाई सहयोग गर्ने योभन्दा राम्रो अवसर अरु के होला ? विद्यार्थीहरुसँग समय बिताउन पाउनु हाम्रा लागि एउटा फरक अनुभव थियो। अप्ठेरोमा परेकाहरुलाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ।’

शाओमी नेपालले आफ्नो समुदायमा सेवा प्रदान गर्नका लागि विभिन्न गतिविधि गर्दै आएको छ। विद्यार्थीसँग समय बिताई शाओमी नेपालले डिस्एबल्ड स्ट्युडेन्ट एसोसिएसनका विद्यार्थीलाई खेलकुदका सामग्री तथा संगीतका साधनहरु उपलब्ध गराउन मद्दत गरेको छ। 

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर पंडाले डीएसए स्कुलका प्रिन्सिपल दयाराम महर्जनलाई सामग्री हस्तान्तरण गरेका थिए। शाओमी नेपालले टेक्वान्डोजस्ता खेलकुदमा संलग्न बालबालिकालाई उनीहरुको प्रतिभा र आत्मरक्षा सीपहरु निखार्न खेल सामग्री र संगीतमा इच्छुकहरुका लागि हर्मोनियम, धिमे, सारंगी र तबलाजस्ता सांगीतिक यन्त्र उपलब्ध गराएको छ। 

शाओमी नेपालले समाजप्रतिको आफ्नो जिम्मेवारीबारे सचेत एक परोपकारी व्यावसायिक संस्था हो। शाओमी नेपालले समाजमा केहि सकारात्मक गर्ने र खुसी फैलाउने कुरामा दृढ विश्वास गर्दछ। 

विगतका दिनमा पनि शाओमी नेपालले धेरै कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिरहनेछ।