काठमाण्डौ । पछिल्लो समय नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु बिक्रीवितरण गर्दै आएको डीएचआईले छोटो समयमै नेपाली ग्राहकमाझ आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ। 

नेपाली बजारमा लामो समयदेखि सेटटप बक्समात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली बजारमा गुणस्तरीय ग्राहकलाई आवश्यक सम्पूर्ण विद्युतीय उपकरणहरु उत्पादन तथा बिक्रीवितरण गर्न थालेको हो। 

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई विस्तारसँगै गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्रीवितरण गर्नका लागि ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडलाई टेक्नोलोजी पार्टनरका रुपमा भित्र्याउन डीएचआई सफल भएको छ।

यो सम्झौतापश्चात डीएचआई टेक्नोलोजी र नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ।