काठमाण्डौ । डेरी ब्राण्ड सीताराम गोकुल मिल्क्स प्रालिले बडादसैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाका विजेताहरु घोषणा गरेको छ ।

मंसिर १८ गते कम्पनीको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारणसमेत गरिएको लक्की ड्रमार्फत् बिजेताले प्रथम पुरस्कार स्वरूप हाइसेन्स मल्टि डोर फ्रिज  प्राप्त गरेका छन् ।

साथै सोही लक्की ड्रमार्फत दोस्रो र तेस्रो पुरस्कारका विजेताहरु पनि  घोषित गरिएको छ । दोस्रो पुरस्कारमा हाइसेन्सको ५० इन्चको टिभी  छ भने तेस्रो पुरस्कारमा हाइसेनस वासिङ मेसिन रहेको छ ।

यसका अतिरिक्त २० जनाले सान्त्वना उपहारका रूपमा इन्डक्सन, हिटर ,हिटर वाटर पट  प्राप्त गरेको कम्पनीले बताएको छ ।बिजेताहरुको सम्पूर्ण विवरण कम्पनीको आधिकारिक फेसबुक पेजमा पनि हेर्न सकिन्छ ।