काठमाण्डौ । डोल्पाको प्रदेशसभा क मा एमालेका उम्मेद्वार नन्दसिंह बूढा चार गुणाको मतअन्तरले विजयी भएका छन् । 

बुढाले ४ हजार ८ सय ५९ मत ल्याई शानदार जित हात पारेका हुन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका बेगमसिंह ठकुरीले १ हजार २ सय १३ मत मात्र ल्याउन सके । 

एकमात्र प्रतिनिधिसभातर्फको सिट रहेको यो क्षेत्रमा एमाले निकै अगाडि देखिएको छ । प्रतिनिधिसभा सदस्यतर्फ एमालेका धनबहादुर बुढा तेब्बर मतसहित अगाडि छन् ।