काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।

ग्लोबल आइएमई बैंकले ७२ वटा जिल्लामा फैलिएको २६३ शाखा सञ्जालसहित २३८ एटीएम, ४५ एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउन्टर, २३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ।