काठमाण्डौ । छ्याङ पारखीहरुको यसप्रतिको चाहनालाई मध्यनजर गर्दै आकर्श गु्रपले तारागोब तिबेत  छयाङ्ग कम्पनीद्धारा उत्पादित जौंको बार्ली छाङ्ग उपभोक्तामाझ  बजारमा ल्याएको छ ।

बार्लीछयाङ्ग पारखीहरुलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा बिशिष्ट  स्वादको उत्पादन बजारमा ल्याएको हो । तिब्बतको ३,५०० मिटरभन्दा बढी उचाईमा खेती भएको शुद्ध जौंबाट उत्पादन गरिएको बार्ली छयाङ्ग नेपाली पारखीहरुलाई उचित हुने स्वाद अनुसार रहेको छ । ३५० एम.एल.को क्यानमा पाईने यो १.५५ अल्कोहल रहेको छयाङ्गको १२५ रुपैयाँ र  १०५ अल्कोहल रहेको छयाङ्गको २२५ रुपैयाँमा उपलब्ध हुनेछन् । 

अन्र्तराष्ट्रियस्तरको छयाङ्ग अनुभवको माग पारखीहरुमा बढेकाले, त्यो मागको आपूर्ति गर्न आर्कश गु्रपले बजारमा ल्याएको हो । राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्रीबितरण सुरु हुने भएपनि नेपालभरी भने केही समयमै सुरु हुने  कम्पनीले जनाएको छ ।