काठमाण्डौ । हिन्दुहरुको महान चाड हरितालिका तीजका अवसरमा महिला दिदीबहिनीलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४०%सम्म छुटको व्यवस्था गरिएको छ। 

तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न सम्पूर्ण ग्राहकलाई बैंकले विज्ञप्तिमार्फत आग्रह गरेको छ। 

यस चाडपर्वलाई सामाजिक दूरी कायम गर्दै हर्षोउल्लासका साथ परिवारका वीच सीमित भई मनाउन पनि बैंकले आग्रह गरेको छ।