काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले देशव्यापी रुपमा हरितालिका तीजका अवसर पारेर आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

आइतबार संस्थाले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश नं. १ मा महिला सदस्यहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।

एकैदिन चार स्थानमा भएको कार्यक्रमहरुमा सुदूरपश्चिमको कैलालीको ग्रिन एसियामा संस्थाका अध्यक्ष टेकबहादुर बोहराको प्रमुख आतिथ्यतामा होटल ग्रिन एसियामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले वित्तीय साक्षरताको बारेमा उपस्थितहरुलाई प्रशिक्षित गरेका थिए भने सुदूरपश्चिम प्रदेश प्रमुख स्वयम्भू श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। १३५ जनाको उपस्थिति रहेको कार्यक्रममा मेट लाइफ इन्स्योरेन्सका मार्केटिङ प्रमुख रितेन्द्र कार्कीले बीमासम्बन्धी सहभागीहरुलाई जानकारी गराएका थिए।

त्यसैगरी बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाका चारवटा शाखाहरुमा आबद्ध १५० जना सदस्यहरुको उपस्थितिमा भरतपुरस्थित कटेरो पार्टी प्यालेसमा कार्यक्रम गरेको हो। चितवनको आदर्श नारी विकास केन्द्रका अध्यक्ष एवं महिला अधिकारकर्मी मीना खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका बागमती प्रदेश प्रमुख राजेश श्रेष्ठले सहभागीहरुलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षित गरेका थिए भने भरतपुर शाखाका शाखा प्रमुख सरस्वती तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए। 

बागमती प्रदेशअन्तर्गत नै बनेपाको पार्टी भेन्यूमा पनि भक्तपुर र काभ्रेका १२५ जना सदस्यहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बनेपा शाखाका शाखा प्रमुख ललिता पौडेलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सहायक कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले प्रमुख आतिथ्यतासँगै सहभागीहरुलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षित गराएको थियो भने विभागीय प्रमुखहरुको समेत उपस्थिति थियो। बागमती प्रदेशको कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सले सहकार्य गरेको थियो।

आइतबारै प्रदेश नं. १ को चन्द्रगढीमा पनि संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। होटल आनी हेरिटेज प्लाजा भद्रपुरमा भएको कार्यक्रममा नगरपालिकाकी उपमेयर राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका सञ्चालक सञ्जय श्रेष्ठ, पूर्वसञ्चालक दीप श्रेष्ठ, पूर्वकार्यकारी प्रमुख कुमार याक्सो र जनशक्ति विभाग प्रमुख लोमश भट्टराई शुभकामना मन्तव्य दिएका थिए। झन्डै २०० जनाको सहभागी रहेको कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब महाप्रबन्धक नरोत्तम ढकाल र कर्पोरेट मार्केटिङ प्रमुख अर्चना केसीलगायतको उपस्थिति थियो। 

कार्यक्रम प्रदेश नं. १ का प्रमुख सुरेश खड्काले सञ्चालन गरेका थिए भने सहभागीहरुलाई वित्तीय जानकारी क्लष्टर प्रमुख वालकृष्ण घिमिरेले दिएका थिए।

यसअघि संस्थाले मधेश प्रदेशअन्तर्गत बाराको कलैयामा, गण्डकी प्रदेशको नवलपुर कावासोतीमा र लुम्बिनी प्रदेशको प्रादेशिक कार्यालय शिशैको संयोजनमा नवलपरासीमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो।