काठमाण्डौ । चार महानगरमध्ये एक ललितपुरमा कांग्रेसले बाजी मारे पनि ३ महानगरमा एमालेको अग्रता कायम छ । उता, हेटौडा उपमहानगरपालिकामा समेत एमाले उम्मेद्वारले नै अग्रता लिइरहेका छन् । 

पछिल्लो मत अपडेट अनुसार काठमाण्डौ महानगरपालिकामा एमाले उम्मेद्वार करिब १२ हजार मतले अगाडि छन् । एमालेको तर्फबाट मेयरका उम्मेद्वार विद्यासुन्दर शाक्यले ४१ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले २९ हजार ६ सय ३६ मतले पछ्याइरहेका छन् । विवेकशीलकी रञ्जुु दर्शना १५ हजार ३ सय ७१ मतसहित तेश्रो तथा साझा पार्टीका किशोर थापा ११ हजार ५ सय ९३ मतसहित चौथो स्थानमा छन् । 

काठमाण्डौमा उपमेयरमा चाहि कांग्रेसकी हरिप्रभा खड्गी फराकिलो अन्तरले अगाडि छिन् । उनले ३७ हजार ९ सय ९८ मत ल्याएकी छिन् । उनलाई राप्रपाका राजाराम श्रेष्ठले २२ हजार ६ सय ४७ मतले पछ्याइरहेका छन् । 

उता, भरतपुर महानगरपालिकामा एमाले उम्मेद्वार देवी ज्ञवालीकै अग्रता कायम छ। पछिल्लो मतपरिणाम अनुसार उनले २७ हजार १ सय ७५ मत ल्याएका छन् । उनलाई माओवादी केन्द्रकी रेणुु दाहालले २३ हजार ८ सय ६४ मतले पछ्याइरहेका छन् । उपमेयरमा कांग्रेसकी पार्वती शाह अगाडि छिन् । उनले २६ हजार ५ सय ७ मत ल्याएकी छिन् । उनलाई एमालेकी दिव्या शर्मा आचार्यले २३ हजार ९ सय ३२ मतले पछ्याइरहेकी छिन् ।

पोखरा लेखनाथ महानगरपालिकामा एमाले उम्मेद्वार मानबहादुर जिसीले फराकिलो अग्रता लिएका छन् । हालसम्म उनले ३७ हजार ४ सय ५१ मत ल्याएका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले ३० हजार २ सय ७७ मतले पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेकै मञ्जुु गुरुंग अगाडि छिन् । उनले ३५ हजार ६ सय १८ मत ल्याएकी छिन् भने उनलाई कांग्रेसकी सरस्वती गुरुंगले २८ हजार २ सय १० मतले पछ्याइरहेकी छिन् ।

हेटौडामा पनि एमाले नै अगाडि
उता, हेटौडा उपमहानगरपालिका १८ वटा वडाको मतगणना सम्पन्न भइसक्दा एमाले नै अगाडि छ । एमालेको तर्फबाट मेयरका उम्मेद्वार हरिबहादुर महतले २१ हजार ५ सय ९३ मत ल्याएका छन् । उनलाई कांग्रेसका आनन्दराम पराजुलीले २१ हजार ८८ मतले पछ्याइरहेका छन् । यहाँ मेयरमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गरेको छ । राप्रपाका मधुकर अधिकारी ६ हजार ६ सय ६० मतमा सीमित बनेका छन् । 

उपमेयरमा एमाले उम्मेद्वार मीना लामा फराकिलो मत अन्तरले अगाडि छिन् । उनले २१ हजार ७ सय ९० मत ल्याएकी छिन् । उनलाई कांग्रेस माओवादी केन्द्र गठबन्धनका बलराम बलले १५ हजार ९ सय २ मतले पछ्याइरहेका छन् । राप्रपाले उपमेयरमा हालसम्म ७ हजार ४ सय ९८ मत मात्र ल्याएको छ ।