काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङ गरी ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक/एकदिने एजेन्ट् भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट उल्लेखनीय सहभागिता रहेको थियो। सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डनलगायत व्यवस्थापन समूहको उपस्थिति थियो। विगतको समीक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरी यस वर्षको प्रदेश ५, ६ र ७ को एजेन्ट मिट २०७७ सम्पन्न गरिएको थियो।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै विगत १४ वर्षदेखि संसारभरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।