काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साप्ताहिक वित्तीय साक्षरता सचेतना अभियानको दोस्रो दिन मंगलबार मधेश प्रदेशअन्तर्गतका शाखा कार्यालयहरु कलैया र फेटाका सदस्य तथा स्थानीय बासिन्दासहित कलैयाको बजारमा वित्तीय जागरणसम्बन्धी प्लेकार्डहरु एवं श्रव्य सामग्रीसहित र्यालीले वजार परिक्रमा गरेको छ। 

बजार परिक्रमपश्चात करणराज होटेल एन्ड पार्टी प्यालेसमा केन्द्र प्रमुख राधिका देवी शाहको सभाध्यक्षतामा अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा मधेश प्रदेश प्रमुख रामकिशोर चौधरीले वित्तीय सचेतनाअन्तर्गत बचतको महत्व, कर्जा परिचालन, बीमाको महत्व र आवश्यकता, सफा नोट नीतिलगायतको विषयमा सहजिकरण गरेका थिए। 

कार्यक्रममा वित्तीय सचेतनासम्बन्धी सन्देशमूलक भिडियोहरुसमेत प्रदर्शन गरिएको थियो। 

शाखा कार्यालय कलैयाका कर्मचारी फणिन्द्र कुमार शाहले सञ्चालन गरेको कार्यक्रममा मधेश प्रदेश उपप्रमुख षडेन्द्र प्रसाद त्रिखत्री, कलैया शाखाका प्रमुख बम बहादुर चौधरी, फेटा शाखाका प्रमुख कुलदिप सिंह साउद, खोपवा शाखाका प्रमुख विनोद कुमार चौधरीलगायतको उपस्थिति थियो।

त्यसैगरी प्रदेश नं. १ अन्तर्गत झापाको जुरोपानी शाखाअन्तर्गतका स्थानीयवासी एवं सदस्यहरुसहितको वित्तीय साक्षरता जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेश प्रमुख सुरेशबहादुर खड्काले सहजीकरण गरेको कार्यक्रममा उपप्रमुखहरु किरण विष्ट जुरोपानी शाखा प्रमुख निता राईलगायतको उपस्थिति थियो। 

यसैगरी पश्चिमी क्षेत्रमा मिर्मिरेको शिशै उपप्रादेशिक कार्यालयअन्तर्गतका बेलासपुर, धकधई र जहदा क्षेत्रलाई समेटेर वित्तीय साक्षरतासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ। शिशै उपप्रदेश प्रमुख मनोज वलीले सहजिकरण गरेको कार्यक्रममा सो क्षेत्रका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।

ग्लोबल मनी विक कोअर्डिनेशन कमिटीको निर्णयबमोजिम नेपाल राष्ट्र बैंकले यही चैत ७ गतेदेखि १३ गतेसम्म वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यक्रम सञ्चालनका लागि मातहतका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको निर्देशनबमोजिम मिर्मिरे लघुवित्ताले सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन गरेको हो।