 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्रान्ड सिजीले हालै आफ्ना घरायसी सामग्रीमा धेरैभन्दा धेरै प्रोडक्ट लाइनपहरु थप गरी नेपाली बजारमा ल्याएको छ।
यसअन्तर्गत वाल माउन्ट एसीमा १.०, १.५ र २.० टनमा नयाँ एसीहरु थप गरिएको छ। यी एसीहरुमा आर–३२ ग्यासको प्रयोग गरिएको छ भने अटो रि–स्टार्ट, डि–ह्युमिडिकेसन फङसन, अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरुजस्ता यसको प्रमुख विशेषताहरु छन्।
त्यस्तै टीभीमा ५५ इन्च र ६५ इन्चमा नयाँ मोडलहरु थप गरी ल्याएको छ। यी टीभीमा गुगल सर्टिफाइड एन्ड्रोइड ११ सिस्टम रहेका छन्। यी टीभी बेजल लेस र धेरै पातलो स्वरुप भएका कारण निकै नै आकर्षक देखिन्छन्। यसको पिक्चर क्वालिटी र साउन्डमा डल्बी डिजिटल प्लस, स्टेरियो स्पिकर तथा टुवे ब्लुतुथ स्टिमले गर्दा आवाज एकदैमै राम्रो सुनिन्छ।
आफ्नो स्मार्ट टीभी सेक्सनमा पनि सिजीले ३२ इन्चमा दुईवटा र ४३ इन्चमा पनि २ वटा टीभीको लाइनप थप गरिएको छ।
सिंगल डोर फ्रिजहरुमा पनि सिजीले २ वटा नयाँ थप फ्रिजहरु ल्याएको छ। यी फ्रिजहरु आकर्षक कलर, डिजाइनमा उपलब्ध छन्। एन्टी–बि टेक्नोलोजि, ठूलो भेजिटेबल ट्रे तथा लो भोल्टेज स्र्टाटप यसको प्रमुख विशेषता रहेका छन्। यो फ्रिजको खरिदमा १० वर्षको कम्प्रेसर वारेन्टी पनि पाइन्छ।
त्यस्तै अर्को प्रोडक्ट माइक्रोवेभ वोभनमा पनि सोलो सेक्सनमा एउटा नयाँ अकर्षक, फुलबुट्टे बुट्टाले सुशोजित २० लिटरको क्षमतामा नयाँ ओभन थप गरिएको छ। यो ओभनमा मल्टीपल पावर टेक्नोलोजि, ग्लास टर्न टेबल तथा डिफ्रोस्ट फङसनहरुजस्ता विषशेता छन्।
त्यस्तै सिजीले आफ्ना साना घरायसी सामग्रीमा पनि नयाँ मोडलहरु थप गरेको छ। वाटर डिस्पेन्सरमा बटम लोडिङ÷इलेक्ट्रोनिक कुिलङ थप गरेको छ। यो डिस्पेन्सर सिजीको आफ्नै प्रिमियम प्रोडक्टहरुको सेग्मेन्ट, सिजी मेरिडियाअन्तर्गत पर्दछ। यसमा पानी आउने तीनवटा छुट्टाछुट्टै धाराहरु रहेका छन्। जसमा नर्मल, तातो र चिसो पानी आउने गर्दछ।
यो डिस्पेन्सरमा एलईडी इन्डिकेटर लाइट रहेको छ। जसले गर्दा पावर, हिटिङ, कुलङ र पानी रहेको वा नरहेको संकेत गर्दछ। यो बटमलोड वाटर डिस्पेन्सर भएको कारण अब ठूल्ठूला पानीका बोतलहरु उचालेर राख्ने झनझटबाट मुक्त हुनुहुनेछ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19