काठमाण्डौ । सन्राइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ।
दक्षिणकाली मन्दिर परिसरको बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रका बीच शुभारम्भ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले गरेका हुन्। उपभोक्ता तथा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामग्री, चियानास्ता तथा अन्य सामग्रीको खरिद रकमको भुक्तानी गर्न सक्नेछन्।
ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा फ्री वाईफाईको समेत व्यवस्था गरेको छ। ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेको अधिकांश पसलमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ।
सन्राइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोडमार्फत भुक्तानी कारोबारको सुरुआत भएको हो।
क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमयेर वसन्त तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शंकरमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बैंकका वरिष्ठ पद्याधिकारीहरुलगायत दक्षिणकाली क्षेत्र विकासका अन्य सदस्यहरुको पनि उपस्थिति थियो।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नबिन सेवातर्फ आकर्षित भइरहेका छन्। डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सन्राइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढंगले अगाडि बढाइरहेको बैंकले जनाएको छ। यसै सिलसिलामा बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार, धनगढीमालगायत देशका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19