काठमाण्डौ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रालिसँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लिट बीवाईडी ई६ इलेक्ट्रिक एसयूभी सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो सञ्चालित एकल विद्युतीय गाडीहरुको फ्लिट हो।
अप्रिल २० मा भएको आधिकारिक समारोहमाझ साइमेक्स इन्क र सेल्फ ड्राइभले फ्रेमवर्कको सम्झौैतापत्रमा हस्ताक्षर भएसँगै सेल्फ ड्राइभ बीवाईडी इलेक्ट्रिक गाडीहरुको एक्सक्लुसिभ रेन्टल पार्टनर बन्न सफल भएको छ।
नेपालमा आरामदायी इलेक्ट्रिक गाडीहरुको फ्लिट सञ्चालन हुनु बीवाईडी र स्पार्क ग्रुप दुवैका लागि कोशेढुंगा साबित हुनेछ। सेल्फ ड्राइभले काठमाण्डौमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभरसहितको कार सेवा प्रदान गरिरहेको छ। पाँचवटा विशुद्ध इलेक्ट्रिक, इमिसन फ्री बीवाईडी ई६ (फर्स्ट जेन) मोडलहरुबाट पहिलोपटक फ्लिट सुरु गरेको यसले आगामी दिनहरुमा नयाँ गाडीहरु थप्ने योजना रहेको छ।
इलेक्ट्रिक प्रविधिमा आधारित बीवाईडी ई६ गाडीहरुमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको छ। विश्वभरि १०० मिलियन ट्याक्सी र १४ मिलियन माइल प्यासेन्जर बसहरुमा प्रयोग भएर प्रमाणित भइसकेको यसमा UL Certified Iron-Phosphate (or “FE”) ब्याट्री प्रयोग गरिएको छ।
काठमाण्डौको गुहेश्वरीस्थित स्पार्क ग्रुपको फ्यासिलिटीमा बीवाईडी स्टेट अफ कार्ट सर्भिस सेन्टर शीघ्र सञ्चालनमा आउने भएको छ। बीवाईडीलाई अग्रस्थानमा राख्नका लागि मे २२ देखि सञ्चालनमा आउने यस आधुनिक वर्कसप फ्यासिलिटीमा दक्ष अनि प्रशिक्षित प्रोफेसनलहरु र नवीनतम उपकरणहरु हुनेछ। यस सर्भिस सेन्टरमार्फत ग्राहकले अतुलनीय तथा उत्कृष्ट सेवाको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यसका साथै ग्राहकको सुविधाका ४० केडब्लयू एसी क्षमताको फास्ट चार्जर पनि गुहेश्वरीस्थित फ्यासिलिटीमा स्थापना गरिने कम्पनीले जनाएको छ।
बीवाईडी ई६ चीनमा सन् २०१६ मा सबैभन्दा बढी बिक्री हुने विशुद्ध इलेक्ट्रिक कार हो। जसले हवाना इन्टरनेसनल फेयर २०१५ मा ‘बेस्ट क्वालिटी प्रडक्ट’का लागि स्वर्ण पदकसमेत प्राप्त गरेको छ। लामो दूरीका लागि उपयुक्त यो एक इलेक्ट्रिक फ्रन्ट ह्विल ड्राइभ युटिलिटी गाडी हो। विशिष्ट इन्टेरियर स्पेस (८८.३ सीयू–एफटीभन्दा बढी) र ६ एयरब्यागहरु भएको यस क्रसओभर एसयूभीमा 80-kWh lithium iron phosphate battery सँग जोडिएको 90-kW इलेक्ट्रिक मोटर रहेको छ। जसले सिंगल चार्जमा ४०० किलोमिटर ड्राइभिङ गर्न सकिनेछ।
स्पार्कसँगको यस सहमतिका बारेमा साइमेक्स इन्कका सीईओ साहिल श्रेष्ठ भन्छन्, ‘हामीले बीवाईडीका इमिसन फ्री इलेक्ट्रिक गाडीहरु नेपालमा प्रर्बधन गर्नका लागि विभिन्न अप्सनहरु हेरिराखेका थियौँ। हामी विश्वस्त छौँ कि हामीले सेल्फ ड्राइभका रुपमा उचित पार्टनर पाएका छौँ। हाम्रा थुप्रै उद्देश्यहरु समान रहेका छन्। जस्तै– सहरहरुमा सुरक्षित, भरपर्दो र इफिसियन्ट ग्रिन ट्रान्सपोर्ट प्रदान गर्ने।’
सेल्फ ड्राइभका सीईओ रोशन पोखरेलले भने, ‘हामीलाई लाग्छ बीवाईडीको ई६ मोडलले प्यासेन्जरलाई आरामदायी यात्रा गराउने, राम्रो रेन्ज र र्यापिड चार्जिङ गर्ने हाम्रा सबै आवश्यकतालाई पूरा गर्दछ। हामीले बीवाईडीको प्राक्टिकल, इमिसन फ्री सोलुसनहरुको प्रदान गर्ने समान लक्ष्य र धारणा राखेका छौँ र यस साझेदारीले लामो यात्रा तय गर्ने विश्वाससमेत रहेको छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago