 
                     
                                
                             
                                    काठमाण्डौ। सनराइज बैंकको १४ औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा बैंकले आज जोन्ता क्लब काठमाण्डौलाई आर्थिक सहयोग गरेको छ।
कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्ण रुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन्। तर, सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्चालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ। यही कुरालाई मध्यनजर गर्दै सनराइज बैंकले जोन्ता क्लब काठमाण्डौसँग सहकार्य गरी दरबार हाई स्कुलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न जोन्ता क्लब काठमाण्डौलाई २ लाख रुपैयाँ सहयोग गरेको छ।
सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुलअन्तर्गतको भानु माविका विद्यार्थीलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लबलाई ३ लाख रुपैयाँ सहयोग गरेको थियो।
काठमाण्डौको रानीपोखरीस्थित दरबार हाई स्कुलमा आज भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सस्ंकृत माध्यमिक विद्यालयलका प्रधानाध्यापक शिवराज अधिकारीको उपस्थितिमा जोन्ता क्लबकी अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए। सनराइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ” अभियान अगाडि बढाउँदै आएको र यसैअनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए।
अध्यक्ष गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताइन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19