काठमाण्डौ । उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमै बजारमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ। 

यसै क्रममा गत शुक्रबार नेपालकै ठूलो मानिएको गुण सिनेमाअन्तर्गतको दरबार सिनेम्याक्सले आफ्ना सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरिएको छ। जसले सिनेमा हलका दर्शकहरुलाई कोरोनालगायतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ। 

प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्यबीच भएको सम्झौताअनुसार उल्फ एयर मास्क–१००० स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ।

उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडी ७२ एयर क्वालिटी इन्डेक्स पियम २.५ः२२ यूजी प्रतिमेट्रिक क्युब देखाइरहेको थियो भने जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २.५ः४ यूजी प्रतिमेट्रिक क्युब देखाएको थियो। जडान गरेको ४ देखि ५ घण्टा भित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए।

उक्त प्रडक्ट को जडानपश्चात दरबार सिनेम्याक्सको रिजल्ट तल देखाइएको दृश्यमार्फत पनि थाहा पाउन सकिन्छ।

एयर क्वालिटी बिशेसतय तल देखाइएको प्यारामीटर अन्तर्गत थाहा पाउन सकिन्छ।

जर्मन टेक्नोलोजी प्रयोग गरेर ‘अल अबाउट इनोभेसन्स’ नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९.९ प्रतिशत नष्ट गरी सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको छ।