 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दाराजले,सन् २०१२ मा स्थापना भएदेखि नै अनलाइन उद्योगमा आफ्नो छाप छोड्दै आएको छ । २०१८ मा अलिबाबाले दराज अधिग्रहण गरेको हो, र हाल दराज पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा कार्यरत छ । सन् २०१८ मा दराज एपको व्यापक रिडिजाइन, र २०१९ का थप सुधार तथा विकासहरुमार्फत, दराजले आफ्नो ग्राहकहरुको संख्यामा वृद्धि भएको जनाएको छ ।
सन् २०१८ देखि कम्पनीले ग्राहक तथा विक्रेता संख्यामा २००% र अर्डरहरुमा २७०% को बृद्धि देखेको बताएको छ । नतिजा स्वरूप, दाराजले २०१९ मा धेरै सफल अभियानहरू आयोजना गर्यो। २०१९मा भएको दराज ११.११ को दोस्रो संस्करण ले नै एक्लै ३.५ लाखभन्दा बढी प्रयोगकर्ताहरू दर्ता गर्यो, जुन २०१८ को ११.११ को तुलनामा दुई गुणा को बढोत्तरी हो ।
२०१९ मा धेरै नयाँ अपग्रेडहरू पेश गरिएको थियो जस्तै डेबिट र क्रेडिट कार्डद्वारा भुक्तानी, सुदृढ रिभ्यू र रेटिंग प्रणालीकासाथ वास्तविक समयमा विक्रेतासँग प्रत्यक्ष कुराकानी गर्न मिल्ने इन्स्टन्ट मेसजिंग सुविधा, गेमहरू लगायत अरु धेरै । दराजले आफ्नो पूर्वाधार र स्रोतहरूमा भारी लगानी गर्दै दराज एक्स्प्रेस (डेक्स) नामक आफ्नो लजीस्टीक्स इकाई पनि स्थापना गर्यो, साथै ३०० भन्दा बढी कर्मचारीहरू पनि थप्यो । २०१९ मा सामसङ, क्यासियो, एडिडास, टाइटन, सियाउमी, सोनमगियर्स, टिभिएस, आदि जस्ता विभिन्न ब्रान्डहरु पनि दाराजसँगै सामेल भए ।
दराज एपले दैनिक १ लाखभन्दा बढी प्रयोगकर्ताहरू होस्ट गर्दछ र हरेक महिना १.६ लाख प्याकेजहरू सम्पूर्ण नेपालभर वितरण गर्दछ । नेपालमा मात्र दराजले ३ हजारभन्दा बढी विक्रेताहरुका साथ लाखौं उत्पादनहरू हजारौ ग्राहकहरूसम्म पुर्याउँदछ । कम्पनीले सन् २०२० मा अझै धेरै दराज प्रयोगकर्ता र विक्रेताहरू संलग्न गर्ने उदेश्य राखेको जनाएको छ । यसका लागि कम्पनीले लजिस्टिक इकोसिस्टमलाई सुधार्ने तथा देशभरी नेटवर्क बढाई देशभरिका विक्रेताहरुले दराजमा व्यापार गर्ने मौका दिने, र डेलिभरि लोकेसनहरु थप्ने छ । दराजले २०२० मा आफ्ना ग्राहकहरूको लागि डिजिटल वालेट र अधिक मनोरन्जन सुविधाहरू प्रस्तुत गर्ने योजना रहेको जानकारी दिएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19