काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले आफ्ना उपभोक्ताको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन ‘दराज महाबचत बजार’ अभियान लिएर आएको छ।
दराजको यो अभियान यही साउन १२ गतेदेखि साउन १९ गतेसम्म लागू हुनेछ। यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निःशुल्क डेलिभरी र अन्य धेरै अवसर पाई ग्राहकले चिताएका हरेक सामानमा भारी बचत गर्न सक्नेछन्।
यसबाहेक ग्राहकले इसेवामार्फत थप २० प्रतिशत (रु. १००० सम्म) र पार्टनर बैंकका (मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक) डेबिट र क्रेडिट कार्डमार्फत प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत (रु. २००० सम्म) छुट पाउन सक्छन्।
यस अभियानमार्फत ग्राहकले अन्य धेरै पुरस्कार पनि जित्न सक्नेछन्। जसमा सुजुकी बर्गम्यान स्ट्रिट १२५ सीसी महाबम्पर पुरस्कारका रूपमा छ। अर्को ठूलो पुरस्कार भनेको आईफोन एसई रहेको छ। जुन इसेवा र दराजद्वारा सञ्चालित वान रुपी गेममार्फत जित्न सकिन्छ। यस गेममार्फत ग्राहकले अरू धेरै पुरस्कार पनि जित्न सक्दछन्। जस्तै– सोनी एक्सन क्याम, होमग्लोरी भ्याकुम क्लिनर र सीजी एयर कूलर।
अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरू जस्तै– सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया, ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन, ह्वर्लपुल र अधिकको अभियानमा सहभागी बनेका छन् र अतिरिक्त भाउचरका साथ् र ठूलो मूल्य कटौती पनि दिँदैछन्।
‘शपिङ हालसालैका विश्व घटनाहरूपछि सदाका लागि परिवर्तन भएको छ। यस अभियानको माध्यमबाट हामी फेरि शपिङमा रमाइलोपन ल्याउन चाहन्छौँ। हामी केवल सुविधा र सहजतामात्र प्रदान गरिरहेका छैनौँ, साथमा लाइभ भिडियो, अनलाइन गेम खेलहरू र सामाजिक मिडिया प्रतियोगिताहरुमार्फत मनोरन्जन पनि प्रदान गर्दैछौँ’, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने।
हालका तथ्यांकले यस अभियानमा १ लाखभन्दा बढी ग्राहक भाउचर र अफरहरु हात पार्न एक–अर्कासँग प्रतिस्पर्धा गर्ने देखिएको दराजले जनाएको छ। त्यसैले दाराजले आफ्ना प्रयोगकर्तालाई फोनमा दराज नोटिफिकेसन खोल्न र किन्न चाहेका वस्तुहरू कार्टमा अभियान अघि नै हाल्न सल्लाह दिँदै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19