काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार,दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र अग्रणी डिजिटल वालेट, इसेवा सँग सहकार्य सुरु गरेको छ।
यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजीलै दराज एपमा खरीद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन्। यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने कम्पनीको भनाइ छ। यसले चेक आउट प्रक्रिया को समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउनेछ,कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसकेपछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्नुहुनेछ। इसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ ३ कार्य दिन भित्र हुुुने बताइएको छ।
“इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेट को स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं। हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं। ” , दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने।
नेपालको सबै भन्दा ठूलो अनलाइन बजार दराजमा ४००० भन्दा बढी विक्रेताहरूले किराना देखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्। दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका २४ भन्दा बढी शहरहरूमा वितरण गर्दछ। विभिन्न उत्पादन र राष्ट्रव्यापी डेलिभरीका कारण धेरैले अनलाइन शपिंगका लागि दराज नै रोज्दछन्। साथै अब ईसेवा मार्फत पनि भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकहरूलाई महामारी को बेलामा नगद चलाउनु पर्ने अवश्यकता पनि पर्दैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago