Buddha air
काठमाण्डौ । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य घटाएको केही दिनभित्रै दशैं तथा तिहारलाई सहुलियत दिने उद्देश्यले बिमान संचालक कम्पनीले हवाई भाडा घटाएका छन् ।
वायुसेवा संचालक संघको आइतबार बसेको बैठकले असोज ४ गते मंगलबारदेखि लागू हुने गरी आन्तरिकतर्फको हवाई भाडा समायोजनको निर्णय गरेको हो ।
नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रति लिटर ५ रुपैयाँले घटाई ९४ रुपैयाँ कायम गरेको थियो । सोही आधारमा पुरानो भाडादरमा केही परिवर्तन गरी सर्वसाधारणलाई सहुलियत दिने प्रयास गरिएको संघका एक अधिकारीले जानकारी दिए । उनका अनुसार संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्दै आएको प्रष्ट्याए ।
ती अधिकारीका अनुसार काठमाण्डौबाट सबैभन्दा नजिकको गन्तव्य सिमराका लागि प्रति यात्रुको साबिक भाडादरमा ५३ रुपैयाँ घटाइएको छ । सबैभन्दा टाढाको गन्तव्य धनगढीमा प्रतियात्रु १९३ रुपैयाँले हवाई भाडा समायोजन भएको छ ।
यसअघि असारमा निगमले हवाइ इन्धनको मूल्य घटाएलगत्तै आन्तरिक वायुसेवा कम्पनीले पनि हवाई भाडा समायोजन गरेका थिए ।
कुन गन्तव्यको भाडा दर कति कायम भयो ? हेर्नुहोस् तालिका :
गन्तव्य | प्रति यात्रु घटेको भाडा | नयाँ भाडा दर |
काठमाण्डौ–धनगढी | रु. १९३ | रु. १०४१२ |
काठमाण्डौ–माउन्टेन फ्लाइट | रु. १८५ | रु. ८८२५ |
काठमाण्डौ–नेपालगञ्ज | रु. १४४ | रु. ७८११ |
काठमाण्डौ–भद्रपुर | रु. १३५ | रु. ७२५० |
काठमाण्डौ–विराटनगर | रु.१११ | रु. ५९४४ |
काठमाण्डौ–भैरहवा | रु.१०१ | रु. ५१९५ |
काठमाण्डौ–तुम्लिङटार | रु.१०१ | रु. ४८८४ |
काठमाण्डौ–पोखरा | रु.८४ | रु. ४१४६ |
काठमाण्डौ–जनकपुर | रु.७५ | रु. ३५२० |
काठमाण्डौ–भरतपुर | रु.६१ | रु. ३०२४ |
काठमाण्डौ–सिमरा | रु.५३ | रु. २५९७ |
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago