काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखाको कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ । 

लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे । 

यससँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउण्टर, १३२ एटिएममा विस्तार भएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले बार्षिकोत्सवको उपलक्ष्यमा ने.बै.लि. एनिर्भसरी ब्यवशाय कर्जाको सुरुवात गरेको जानकारी गराए । बार्षिक ६.९९ प्रतिशत मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी ब्यवसाय कर्जाको सीमा रु. १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको ६ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको १०० प्रतिशतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशतसम्म लगानी गर्नसक्ने छ ।

कार्यक्रममा लमही नगर पालिकाका प्रमुख (मेयर) कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापना हुनु लमहीबासीहरुको गर्वको कुरा भएको, यस शाखाको संचालनले बिभिन्न कार्यका लागि ने.बे.लि.को घोराही शाखासम्म पुग्नुपर्ने अबस्थाको अन्त्य हुने बताए ।